• २०८३ बैशाख १९ गते शनिवार

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै १५, काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार भएको दोस्रो साधारण सभाले प्रदेश संघको नेतृत्वमा खड्कालाई निर्वाचित गरेको हो ।


अध्यक्षका प्रत्यासी उमेर पियालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित भए । खड्काले २३ मत पाए भने पियाले १४ मत प्राप्त गरेका थिए । १३ सदस्यीय कार्यसमितिका लागि शुक्रबार निर्वाचन भएको थियो । कार्यसमितिमा अधिकांश खड्का प्यानलबाट निर्वाचित भएका छन् । खड्का यसअघि काठमाडौं जिल्ला क्रिकेट संघको कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । उनी काठमाडौं जिल्लाबाट प्रतिनिधि भएर प्रदेश निर्वाचनमा होमिएका थिए ।

पारसलाई बागमती प्रदेशभित्रका काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर सहितका जिल्लालाई खुल्ला रुपमा समर्थन गर्दै नेतृत्वको रुपमा अघि सारेका थिए । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खड्का क्यानको आसन्न निर्वाचनमा नेतृत्वका आकांक्षी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस