पुष २०, काठमाडौँ । धुलिखेल नगरपालिका-५ खड्पुस्थित खानिखोला गाउँपालिका-६ बस्ने ७३ वर्षीय चेतनाथ आचार्यको पसलमा जुवातास खेलिरहेको अवस्थामा चेतनाथ समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ३ सय ९० रूपैयाँ र तास १ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।