• २०८३ बैशाख १३ गते आइतवार

ओल्मो र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २०,  काठमाडौँ ।  स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एस्पानियोललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एस्पानियोललाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको १९ खेलमा ४९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । बार्सिलोना रियल म्याड्रिडभन्दा ७ अंकले अगाडी भएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १८ खेलमा ४२ अंक रहेको छ । त्यस्तै एस्पानियोलको १८ खेलमा ३३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस