• २०८३ जेष्ठ १९ गते मङ्गलवार

धुलिखेल-खावा सडकखण्ड चैत्र ३० गतेसम बन्द हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २०, काभ्रे । धुलिखेल देखि खावा खण्ड चैत्र २३ गतेसम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको बैठकको निर्णयानुसार अरनिको राजमार्गको धुलिखेल देखि खावा खण्डमा कालोपत्रे गर्ने काम शुरु हुने भएको हुँदा शनिबारदेखि चैत्र ३० गतेसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार सो सडक भएर संचालन हुने सवारी साधनहरु ठूला चारपाङ्ग्रे सवारी साधनहरु (बस समेत) साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म संचालन हुने छैनन् भने सो अवधिमा टिपर -ट्रकहरु (पास लिएका समेत) चौबिसै घण्टा संचालन नहुने भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस