• २०८३ जेष्ठ १० गते आइतवार

मकवानपुरको मतगणना भूटनदेवी माविको भवनमा हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, हेटौंडा । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको मतगणनास्थल तय भएको छ । मकवानपुरमा अघिल्लो निर्वाचनको मत गणना सिद्वार्थ माविमा भएकोमा यस पटक भने हेटौंडा ४ स्थित भूटनदेवी माविको भवनमा मतगणना हुने भएको हो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना प्रसाशनिक तथा पुरानो भवनमा र क्षेत्र नम्बर २ को मतगणना प्राविधिक भवन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको मिति र समय भने मत पेटिका प्राप्त भएपछि प्रकाशन गरिने जनाइएको छ ।

मतदान सकिएपछि ल्याइएका मतपेटिका राख्नका लागि कोठाको व्यवस्थापन, तारजाली राख्ने काम र सिसिक्यामारा जडानको काम सक्किएको निर्वाचन आयोग बागमती प्रदेश हेटौंडाका प्रमुख हरि ढकालले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस