• २०८३ मङ्सिर ३ गते बुधवार

काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । काँग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आगामी शनिबार दिउँसो १ बजे बैठक बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न विपद्का विषयमा छलफल हुने भएको छ । साथै, पार्टीको १५औँ महाधिवेशनका सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस