• २०८३ साउन १७ गते आइतवार

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १७, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका अनुसार आइतबार बिहान ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न कसुरमा ७०२ सवारी कारबाहीमा परेका छन्।

May be an image of ‎text that says '‎काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०४/१७ गते बिहान Ε:οο बजे सम्म सि.नं. कसूर ၃့ संख्या मा.प.से. ၃့ सिसिटीभि ANT CE RED लाइंट १९ तिन्न तित्रगति ခ हनं E. حول लेन . ဒု့ခု अबस्भा ठिक नभ्एकाो حل ONE WAY ၃ုဓု अन्य لاع घण्टे कारनाही संख्या မ၀၃ ၃.9 COTAT Kathmandu Valley Traffic Police Office Ramshahpath, Kathmandu 103 Emergency) vtpo@nepalpolice.gov.np www.facebook.com/ktmtrafic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎

त्यस्तै, तीव्र गतिमा चलाएका १७८, सीसीटीभीमार्फत ८६, वन–वे उल्लंघन गरेका ९९, हर्नको दुरुपयोग गरेका ४२, रेड लाइट उल्लंघन गरेका ३९, मादक पदार्थ सेवन (मापसे) गरेका ३९, अवस्था ठीक नभएका ४१ र लेन मिच्ने ३१ सवारी साधनमाथि कारबाही गरिएको छ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ। साथै सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस