• २०८३ बैशाख १९ गते शनिवार

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १९,पर्सा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-२१ परवानीपुर बस्ने सर्लाही घर भएका २१ वर्षीय अरूण कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस