• २०८३ बैशाख ७ गते सोमवार

सुन तोलाको ५६ सयले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८,काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको ३ लाख २६ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको ३ लाख २० हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर तोलाको ६०२० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५९८५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस