• २०८३ मङ्सिर ६ गते शनिवार

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, झापा। झापाको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र न १–०१–००१ त ९७२० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई गौरादह–४ स्थित रामचन्द्रे खोलाको पुलबाट खोलामा खसको थियो ।

दुर्घटनामा मोरङ रतुवामाई नगरपालिका–८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उहाँलाई उपचारका लागि निम्स अस्पताल दमक पु¥याइएकामा चिकित्सकले मृत घोषित गरेको उहाँले बताउनुभयो । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

घाइतेहरूको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । घाइतेको पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस