कात्तिक १५, काठमाडौं । कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामक समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म कायम गरेको हो ।

आजसम्म सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म सञ्चालन हुँदै आएको छ । हिउँदमा ५ बज्दा झमक्कै साँझ पर्ने भएकाले कार्यालय समय एक घन्टा समय घटाइएको हो ।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।