• २०८३ असोज १५ गते बिहिवार

राष्ट्रियसभा बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असाेज १५, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।

यसैगरी, प्रधानमन्त्री बालेन शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पुजा चौधरीले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

Sharing

प्रतिक्रिया दिनुहोस