• २०८३ साउन १६ गते शनिवार

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहेकी मन्त्री चौधरीले कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलमा क्रममा कार्यदल गठन गर्ने निर्णय गरेकी हुन् ।

छलफलमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवद्र्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा छलफल भएको छ ।

चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनर्संरचनाको मोडालिटीलाई अन्तिम रूप दिई २ हप्ताभित्र प्रतिवेदन पेश गर्न कार्यदललाई समय दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस