• २०८३ जेष्ठ ४ गते सोमवार

इरानमा बोइङ दुर्घटना, १७६ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २३  एजेन्सी । युक्रेन इन्टरनेशनलको विमान इरानमा दुर्घटना हुँदा त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको इरानका सञ्चार माध्यमहरुले बताएका छन् ।

बोइङ ७३७ विमान बुधबार बिहान इरानको राजधानी तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटना भएको थियो । उक्त विमानमा १६७ जना यात्रु र चालक दलका ९ सदस्य थिए । ती सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् । नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस