असार १७, काठमाडौं । नेप्से आज बढेको छ । आज बुधबार नेप्से ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा पुगेर रोकिएको छ । आज ३६२ कम्पनिका ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सीवाईसी नेपाल लघुवित्तको शेयर १४.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ५.२१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी लक्ष्मी सनराइज बैंकको २८ करोड ८४ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १७ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।