जेठ १५, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अहिले मैत्रीपूर्ण खेलमा इराकसँग प्रतिस्पर्धा गरिरहेको छ । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा जारी खेलको पहिलो हाफ सकिदा इराकविरुद्ध नेपाल ४-२ ले पछि परेको छ ।

खेलको सातौं मिनेटमा इराकका अला अब्दुला खासिनले फ्रिकिकमा गोल गर्दै इराकी टोलीलाई अग्रता दिलाए । तर, आठौं मिनेटमा इराकका डिफेन्डर अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेपछि खेल १-१ को स्थितिमा पुगेको थियो । २९ औं मिनेटमा डेब्यु खेलाडी मनिस डाँगीले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका थिए ।
तर, ३९ औं मिनेटमा मोहमद अब्दुलझाराले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । खेलको ४० औं मिनेटमा एमेन हुसेनले गोल गर्दै इराकलाई ३-२ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४-२ को अग्रता दिलाएका छन् ।
https://khabar24nepal.com/05/29/2021/72927