• २०८३ जेष्ठ १८ गते सोमवार

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सोमबारको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले लगातार बैठक अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

आजको बैठकमा विपक्षी दलहरुले सीमा बारे प्रधानमन्त्रीले आइतबार संसदमा दिएको अभिव्यक्ति बारे संसदमै आएर माफि माग्नुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस