• २०८३ बैशाख १८ गते शुक्रवार

बल्खुको सुकुमबासी बस्तीमा डोजर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १८, काठमाडौं । सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ । शुक्रबार बिहान बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।

प्रशासनको अल्टिमेटमपछि काठमाडौँका विभिन्न स्थानमा सार्बजनिक जग्गामा बनेका घर टहरा खाली हुने र गराउने क्रम शुरु भएको छ । गंगबु क्षेत्रमा रहेको सुकुम्बासी बस्ती सरकारी हटाउने चेतावनीपछि खाली गर्ने थालेका छन् भने त्यहाँ बसोबास गर्दै आएका सुकुम्बासीहरू आफैं आफ्नो अस्थायी टहरा हटाउँदै खाली गरी रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस