• २०८३ जेष्ठ ३ गते आइतवार

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु- इरानी मिडिया

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
फागुन १७, काठमाडौं । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएको छ । इरानका सरकारी मिडियाले अमेरिका र इजरायलको आक्रमणमा खामेनीको मृत्यु भएको जानकारी दिएका हुन् ।

यद्यपी इरान सरकारले औपचारिक रुपमा यसको जानकारी दिएको छैन । इरानको प्रेस टिभीले खामेनी अमेरिका र इजरायलको आक्रमणमा शहिद भएको उल्लेख गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्यु भएको दाबी गरेका थिए ।

त्यस्तै इजरायली अधिकारीहरूले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै भग्नावशेषबाट खामेनीको शव फेला परेको दाबी गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस