पौष १७, काठमाडौं । नेकपा एमालेक उपाध्यक्ष विष्णु पौडेलले पार्टी छोडेका पूर्व संसाद बासुदेव घिमिरेसँगको तस्बीर शेयर गर्दै आफुहरु सँगै रहेको बताएका छन् । तिल्लोत्तमा नगरपालिकामा पुर्व मेयर समेत रहेका घिमिरेले गत मंगलबार सामाजिक सञ्जालमा लेख्दै पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए ।

उनको बालेन शाहसँग राम्रो सम्बन्ध भएको र बालेन रास्वपामा प्रवेश गरेपनि उनीपनि बालेनमार्फत रास्वपा जाने तयारी गरेको बताइएको थियो । तर विहिबार राति उपाध्यक्ष पौडेलले आफुहरु सँगै रहेको बताउदै तस्बीर पोष्ट गरेपछि उनी एमालेमै रहने निष्कर्षमा पुगेको बुझिएको छ । यद्यपी उनले आफुले भने यस बारेमा केहि बताएका छैनन् ।