• २०८३ जेष्ठ २७ गते बुधवार

स अनसनरत डा. निकोलस भुसालसँग गृहमन्त्रीको भेट, अनसन तोड्न आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १७, काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले अनसनरत डा. निकोलस भुसालसँग भेट गरेका छन् ।  आफ्ना विभिन्न माग राखेर काठमाडौँको माइतीघरमा अनसन बसेका भुसालको स्वास्थ्यमा समस्या भएपछि बुधबार वीर अस्पताल लागिएको थियो ।

गृहमन्त्री अर्यालले गएराती वीर अस्पताल पुगेर भुसाललाई भेट गर्दै उचित माग सबै सम्बोधन हुने प्रतिबद्धता जनाएका थिए । उनले भुसाललाई अनसन तोड्न आग्रह गरेका छन् । भुसालको अनसनको आज १० दिन भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस