कात्तिक १४, मुस्ताङ । मुस्ताङको हिडन भ्याली ईलाकामा हिमपातमा फसेका ३ विदेशी सहित १५ जना पर्यटकको उद्धार गरिएको छ ।

नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले तीन दिनको अथक प्रयास पश्चात शुक्रबार करिब ४९०० मिटरको बतासेडाँडा ईलाकाबाट सकुशल उद्धार गरेको छ ।