• २०८३ बैशाख २७ गते आइतवार

नियन्त्रित लागूऔषधसहित चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, काठमाडौं । प्रहरीले नियन्त्रित लागूऔषधसहित रुपन्देहीबाट २ जना र कैलाली तथा मकवानपुरबाट एक एक जना गरि चार जना पक्राउ गरेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-९ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ७० मिलिग्राम सहित शुद्धोधन गाउँपालिका-३ बस्ने १९ वर्षीया सुमित थारू समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै कैलालीको टीकापुर नगरपालिका-६ नारायणपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय नारायण डगौरालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ मिलनचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय समिर महत्तलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस