• २०८३ बैशाख ५ गते शनिवार

बोर्नमाउथसँग टोटनह्याम स्तब्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, काठमाडौं ।  प्रिमियर लिग अन्तर्गत टोटनह्याम बोर्नमाउथसँग स्तब्ध भएको छ ।

गएराति सम्पन्न खेलमा बोर्नमाउथले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो । बोर्नमाउथका लागि खेलको पाँचौं मिनेटमा इभानिल्सनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो यस सिजनको तेस्रो खेलमा बोर्नमाउथको दोस्रो जित हो । त्यस्तै यस अघि दुई खेल लगातार जितेको टोटनह्यामले आफ्नो यस सिजनको तेस्रो खेलमा हार बेहोरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस