• २०८३ बैशाख ९ गते बुधवार

कोशी प्रदेशसभाः खानेपानी तथा सरसफाइ विधेयकमाथि छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, मोरङ ।  कोशी प्रदेशसभाको आज बैठकमा ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ माथि प्रतिवेदनसहित छलफलका लागि प्रस्ताव पेस गरिएको छ ।

प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले प्रदेशसभा नियमावली, २०७४ को नियम १०७ को उपनियम (२) को खण्ड (क) बमोजिम छलफलका लागि प्रस्ताव सभामा पेस गर्नुभयो । प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले छलफलका लागि प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेस गर्दा सर्वसम्मतले पारित भएको हो ।

छलफलमा भाग लिँदै प्रदेशसभाका सदस्य किशोरचन्द्र दुलालले नेपालको संविधानले नागरिकलाई खानेपानी तथा सरसफाइ प्राप्त गर्ने मौलिक अधिकार दिएकाले प्रदेश सरकारले पनि नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभाको अर्को बैठक यही साउन १६ गते दिउँसो १ बस्ने सभामुख बिष्टले सदनसमक्ष जानकारी गराउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस