चैत १८, काठमाडौँ । मुम्बई इण्डियन्सको घातक बलिङले कोलकाता नाइटराइटर्स इण्डियन प्रिमियर लिग(आइपिएल) मा सस्तैमा समेटिएको छ । मुम्बईको घरेलु मैदानमा जारी खेलमा कोलकाता १ सय १६ रनमा समेटिएको हो । वान्खडेमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाता १६.२ ओभरमा १ सय १६ रन बनाउँदै अल आउट भयो ।

कोलकाताका लागि अंगकृष्ण रघुवंशीले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २६ रन जोडे । रमनदिप सिंहले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा २२ रनमा आउट भए । मनिष पाण्डे १४ बलमा १९, रिकु सिंह १४ बलमा १७ तथा कप्तान अजिक्या राहाणे ७ बलमा ११ रन जोड्दै आउट भए ।
ओपनर सुनिल नारायणले रनको खाता खोल्न नसक्दा अर्का ओपनर क्विटन डि कक १ रनमा आउट भए । आन्द्रे रसल ५ तथा वेंकटेस अय्यर ३ रनमा पेभिलियन फर्के ।
कोलकाताको ब्याटिङ ध्वस्त बनाउँने क्रममा यसै खेलमा डेब्यु गरेका अश्विनी कुमारले ३ ओभरमा २४ रन खर्चिएर ४ विकेट लिए । ट्रेन्ट बोल्टले पहिलो ओभरमा नै १ विकेट लिए । मिचेल सान्टनर, हार्दिक पाड्ण्या र विग्नेस पथुरले समान १ विकेट लिए ।
कोलकाता २ खेलमा १ जित र १ हारका साथ अंक तालिकाको छैंटौं स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलुरुसँगको पराजित भएको कोलकाताले राजस्थान रोयल्सलाई हराएको थियो ।
मुम्बई दुवै खेलमा पराजित भएको थियो । अंक बिहिन मुम्बई तालिकाको पुछारमा छ । जारी आइपिएलमा अंक बिहिन मुम्बई एक्लो टोली हो । आज घरेलु मैदानमा पहिलो अंक बटुल्ने लक्ष्यमा मुम्बई रहेको छ ।