• २०८३ बैशाख १० गते बिहिवार

तुइन खोलामा फेरी पहिरो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्ड फेरी अवरुद्ध भएको छ । सडक खण्डको तुइन खोला पुल नजिकै वर्षातको  कारण माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको छ ।

अहिले मेशिन पहिरो स्थानमा पुगी पहिरो पन्छाउने कार्य सुचारु भैसकेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । डिभिजनले अबको ३० मिनेटमै पहिरो पन्छाई यातायात आवागमन संचालनमा आउने जानकारी गराएको छ ।

रोकिएका सवारीसाधनहरू  कृपया संयमित भई लेन अनुशासन पालना गर्न डिभिजनले अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस