असोज १४, काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी टी-२० सिरिजको अन्तिम खेल आज हुदैछ । युएईको शारजाह क्रिकेट स्टेडियममा हुने यो खेलमा वेस्ट इन्डिजले टस जितेको छ ।

वेस्ट इन्डिजका कप्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले यस खेलमा पनि पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले सिरिजका दुवै खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेल १९ रनले र दोस्रो खेल ९० रनले जितेको थियो ।
अब सिरिजको अन्तिम खेल जितेर नेपालले क्लीन स्वीपको दाउमा रहेको छ भने वेस्ट इन्डिजले सान्त्वना जितको खोजि गर्ने छ । नेपालले टेस्ट खेल्ने देशमाथि लगातार दुई खेलमा जित हासिल गरेर ऐतिहासिक सफलता हासिल गरेको छ ।
आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । आज आसिफ सेख, ललितराज बंशी र दिपेन्द्र सिंह ऐरीको स्थानमा शहाब आलम, लोकेश बम र आरिफ सेख प्लेइङमा रहेका छन् ।