असोज १४, काठमाडौं । नयाँ कुमारीका रूपमा छनोट गरिएकी काठमाडौं इटुम्बहालकी साढे दुई वर्षकी आर्यतारा शाक्यलाई आज आसन ग्रहण गराइएको छ । मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचमा आर्यतारालाई कुमारीको आसन ग्रहण गराइएको हो ।

परम्परागत विधि अनुसार अब आर्यतारा शाक्यलाई नयाँ कुमारीको रूपमा चयन गरिएको थियो । उनी आज हुने विशेष समारोहपछि उनी कुमारी घरमा विराजमान गराइएको छ
शाक्य महाविहार संघले शहरका १५ बहालहरुमा पत्र पठायो, नामहरू संकलन भए, परिवारहरूको आशा बढ्दै गयो । अन्तिममा मापदण्ड पास गर्ने केवल तीन नानी बाँकी रहेका थिए । अनि गुठी संस्थान, पञ्चाङ निर्णायक समिति र परम्परागत विधि अनुसार, आर्यतारा शाक्यलाई नयाँ कुमारीको रूपमा घोषणा गरिएको थियो । आर्यतारा शाक्य अनन्त शाक्य र प्रतिष्ठा शाक्यकी छोरी हुन् ।
त्यस्तै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिएको छ । उनलाई बाजागाजासहित घरसम्म पुर्याइएको छ ।