• २०८३ साउन ३० गते शनिवार

नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो खेलको टिकटमा ‘एक किन्दा एक फ्री’ को अफर

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १४, काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी टी-२० सिरिजको अन्तिम खेलमा टिकटको मुल्य घटाइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आजको युएईको शारजाह क्रिकेट स्टुडियोमा हुने खेलमा एक टिकट किन्दा एक फ्रीको अफर दिएको हो । यो खेल नेपाली समय अनुसार आज राति ८: १५ बजेदेखि शुरु हुदै छ ।

अब सिरिजको अन्तिम खेल जितेर नेपालले क्लीन स्वीपको दाउमा रहेको नेपालको ऐतिहासिक खेल हेर्ने अवसरका लागि क्यानले एक टिकट किन्दा एक फ्री गरेको छ । नेपालले टेस्ट खेल्ने देशमाथि लगातार दुई खेलमा जित हासिल गरेर ऐतिहासिक सफलता हासिल गरेको छ । नेपालले सिरिजका दुवै खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेल १९ रनले र दोस्रो खेल ९० रनले जितेको थियो ।

नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।

वेस्ट इन्डिजको टिममा अकिल हुसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयू, अकिम अगस्टे, नविन बिदाइसे, जेदिया ब्लेड्स, केसी कार्टी, करीमा गोरे, जेसन होल्डर, अमिर जांगो, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमन्ड्स र शमर स्प्रिंगर रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस