भदौ १४, काठमाडौं । नेपाल ए ले आसाम राज्य टिमलाई १९७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको हो ।

नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ७४ रन बनाएका थिए भने मालमले ३५, तृत दासले ३३ र कप्तान अनिल शाहले ३१ रन बनाएका थिए ।
५ खेलको सिरिजमा हाल २ खेलमा १-१ को बराबरी रहेको छ ।