• २०८३ बैशाख ७ गते सोमवार

राष्ट्रपति पौडेलबाट बिधेयक प्रमाणीकरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १४, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक बिधेयक प्रमाणीकरण गरेका छन् । संबैधानिक परिषद सबन्धी बिधेयक फिर्ता गरेका राष्ट्रपति पौडेलले बुधवार भने ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमणीकरणको लागि पेस हुन आएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस