• २०८३ बैशाख १३ गते आइतवार

सिँचाइका लागि बिजुली प्रतियुनिट तीन रुपैयाँ मात्र : प्रधानमन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ मात्र विद्युत् शुल्क तोकिएको जानकारी गराउनु भएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सुक्खाग्रस्त मधेश प्रदेशमा ५०० बोरिङ खनिँदै गरेको समेत जानकारी गराउनुभयो ।

“तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको छ । सिँचाइका लागि किसानलाई प्रति युनिट बिजुलीको तीन रुपैयाँ मात्र लाग्ने छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस