• २०८३ बैशाख १० गते बिहिवार

युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १७, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई र माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् । सो अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरिएको हो ।

जसअनुसार  पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–६ बस्ने धादिङ निलकण्ठ नगरपालिका–६ घर भएका २९ वर्षीय उमेश गुरूङ र काठमाडौं महानगरपालिका–२ घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् ।

पक्राउ मध्ये उमेशले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुजनले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमेशलाई चन्द्रागिरी नगरपालिका–६ बाट  र सुजनलाई काठमाडौं महानगरपालिका–१ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस