• २०८३ जेष्ठ १६ गते शनिवार

तीनकुने घटनामा कारबाही गर्न प्रहरीले सूचना माग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौं । नेपाल प्रहरीले गएको शुक्रवार राजावादी प्रदर्शनका क्रममा काठमाण्डौका विभिन्न क्षेत्रहरूमा भएका गैरकानूनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका बारेमा सूचना दिन आग्रह गरेको छ ।

राजावादी प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर, सिनामङ्गल, जडीबुटीलगायतका क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी गाडीमा तोडफोड, आगजनी, लुटपाट भएको थियो । ती गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण सङ्कलनका लागि प्रहरीले तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेको हो ।

यस्तै प्रहरीले सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहने पनि बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस