• २०८३ बैशाख १४ गते सोमवार

टि२० विश्वकप छनोट : मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, काठमाडौं । घरेलु मैदानमा जारी आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा पाहुना टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।

जितसँगै नेपाल नेटरनरेटका कारण शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । मलेसियाले दिएको १६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जितमा कुशल मल्लले अर्धशतकिय पारी खेले । उनले ३४ बलमा २ चौका र ७ छक्काको मद्धतमा ६५ रनको योगदान गरे । राम्रो सुरुवात दिएका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । भुर्तेल २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा क्याच आउट भए । शेखले ३२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले २ रन, सन्दीप जोराले १८ रन र विवेक यादवले २ रन बनाए ।

मलेसियाका लागि मोहम्मद अमिरले तिन विकेट लिँदा पवनदीप सिंहले एक विकेट लिए । यसअघि टियु क्रिकेट मैदानमा टस जितेर सानदार ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस