• २०८३ असार ४ गते बिहिवार

भरूवा बन्दुक सहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, कञ्चनपुर। भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन । लालझाडी गाउँपालिका-३ पर्सिया बस्ने ५३ वर्षीय पुन्ना रानालाई एकनाले भरूवा बन्दुक १ थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हाे।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस