• २०८३ बैशाख १० गते बिहिवार

झरीपछिको इन्द्रेणीले कति कमायो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, काठमाडौं ।  गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पुस १२ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म झरी पछिको इन्द्रेणीले ६२ लाख ६९ हजार ४७५ कमाई गरेको छ । फिल्मले अहिलेसम्म १९ हजार ७९३ टिकट बिक्री भएको छ

त्यस्तै परानले अहिलेसम्म करिब १७ करोडभन्दा बढी कमाई गरेको छ । परानले अहिलेसम्म १७ करोड ६७ लाख ३६ हजार ८२८ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ६ लाख २७ हजार ५८५ टिकट बेचेको छ ।

त्यस्तै निकै प्रचार गरिएको अभिमन्यु च्याप्टर-१ भने बक्स अफिसमा असफल भएको छ । यस फिल्मले अहिलेसम्म २१ लाख ५० हजार ४०२ ग्रस कमाई गरेको छ । यस फिल्मका ६ हजार ८६१ टिकट बिक्री भएको छ ।

त्यस्तै फिल्म पीआरले ६ लाख ७५ हजार ३३ कमाई गरेको छ भने लोकन्तीले ४ लाख १२ हजार ५४० कमाई गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस