• २०८३ भाद्र २१ गते आइतवार

१६ वटा स्थानमा सिकाई केन्द्र सञ्चालन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २७, मुगु । हिमाली जिल्ला मुगुमा रहेका गैर सरकारी संस्था र्किडाक नेपाल मुगु र गुडनेवर्स ईन्टरनेसनल मुगुले पठनपाठनमा ठप्प भएका ग्रामिण भेगका बालवालिका लाई सिकाई केन्द्र कक्षा सञ्चालन गरेका छन् । विश्वमहामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले नेपाल सरकारले जारी गरेको लकडाउन अर्थात बन्दाबन्दिलाई मध्यनजर गर्दे यस संस्थाले घरमा बसेका बालवालिकालाई पठनपाठनमा पुर्ण विराम नलागोस भनि सिकाई केन्द्र सञ्चालन गरेको किर्डाक नेपाल मुगुले जनाएको छ ।

संस्थाका अनुसार जिल्लाका ४ वटा स्थानीय तहका १६ वटा स्थानमा सञ्चालन गरेको किर्डाक नेपाल मुगुका कार्यक्रम अधिकृत शिवलाल बुढाले जानकारी दिए । उहाँका अनुसार छायानाथ रारा नगरपालिकाका वडा नं १० को घटट्लेख , वडा नं ७ को सिगाडी , लुम , र कार्किवाडा गरि ४ वटा स्थानमा सञ्चालन गरेको बुढाले बताए । त्यस्तै सोरु गाउपालिकाको नाथर्पु , सिपमा भएका छन् भने खत्याड गाउपालिकाको सेरी , लमेरा , डुङरी , ह्याङलु , नखर्जि , र मुगुमकार्मारोगं गाउपालिकाको माग्रि , खारी , र चिताईमा सिकाई केन्द्र कक्षा सञ्चालन गरेको बुढाको भनाई छ ।

त्यस्तै गुड नेवर्स ईन्टरनेसनल संस्थाले पनि जिल्लाका , बाम , रोवा , कोडडाडा , ख्याल्च , सुकाढिक , र धुपिमा सिकाई केन्द्र सुरु गरेको पनि उहाले जानकारी गराए । संस्थाका अनुसार पछिल्लो समय लकडाउनले गर्दा विना काम बालवालिकाहरु घरमा खेल्ने गरेको र पढाई तिर पनि ध्यान नगएको हुदा पठनपाठनमा थोरै भएपनि केही ज्ञान हासिल गरुन भर्नि सिकाई केन्द्र सञ्चालन गरिएको संस्थाले जनाएको छ । एउटा सिफ्टमा १५ जनाको समुह बनाई सामाजिक दुरी कायमगरि अध्ययन भईरहेको जानकारी दिनु भयो । सिकाई केन्द्र कक्षा साउन १५ गते बाट सञ्चालन भएको छ ।

सिकाई केन्द्र कक्षा अहिले अध्यापन गर्ने बालवालिकाको घुईचो लाग्ने गरेको जनाईएको छ । विद्यार्थीहरुले कोचिंङ क्लास लिए पश्चात पठनपाठनमा ठप्प भएका वालवालिकाहरु लाई संस्थाले सिकाई केन्द्र कक्षा गरे पछि खुसि भएका छन् । अहिले कक्षा १ देखि ५ सम्म पढाई भईरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस