• २०८३ बैशाख १३ गते आइतवार

वेस्ट इन्डिजविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिंग गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । युएईको शारजाह क्रिकेट स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग रोजेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । यससँगै वेस्ट इन्डिजले पहिला बलिङ गर्ने भएको छ ।

युनिटी कप टी-२० अन्तर्गतको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गर्दै सिरिजमा १-० को अग्रता बनाएको छ । सिरिजको तेस्रो खेल सेप्टेम्बर ३० मा हुने तालिका रहेको छ ।

नेपाल र वेस्ट इन्डिजको प्लेइङ ११
नेपालको प्लेइङ ११: रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, ललित नारायण राजवंशी, गुलशन झा, सन्दीप जोरा, करण केसी र सोमपाल कामी ।

वेस्ट इन्डिजको प्लेइङ ११: अकिल हुसेन (कप्तान), काइल मायर्स, फेबियन एलन, अकीम अगस्ते, ज्वेल एन्ड्रयू, केसी कार्टी, जासन होल्डर, अमिर जांगो, जिशान मोतारा,नविन बिडाइसी र जेडीआह ब्लाड़ेस ।

Sharing

प्रतिक्रिया दिनुहोस