• २०८३ बैशाख १२ गते शनिवार

बाटोमा चिप्लिएर दुईको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १३, काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकका दुई जनाको बाटोमा चिप्लिएर आज मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरीले कार्यालयका अनुसार घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

यस्तै, बेथानचोक गाउँपालिका–५ गोखौलीका ६० वर्षीय सेतेमान भोलनको पनि बाटोमा चिप्लिएर मृत्यु भएको छ । आज स्थानीय डेरीमा दूध पु¥याउन जाने क्रममा लडेर टाउकोमा चोट लागेका उहाँको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस