• २०८३ जेष्ठ २७ गते बुधवार

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १३, कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । आज धनगढीमा आयोजित एक कार्यक्रममा उहाँले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ”, उहाँले भन्नुभयो, “वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।”

Sharing

प्रतिक्रिया दिनुहोस