• २०८३ जेष्ठ ३१ गते आइतवार

सत्ता गठबन्धनको बैठक दुई घण्टालाई सर्‍यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।देउवा र प्रचण्डबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।

उक्त छलफलपछि गठबन्धनको बैठकको समय दुई घण्टा सारिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बेलुका ५ बजे बस्ने तय गरिएको स्रोतले जनाएको छ ।यसअघि, देउवा र प्रचण्डबीच बुधबार भएको छलफलपछि आज दिउँसो ३ बजेका लागि गठबन्धनको बैठक तय गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस