चैत १५, काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सविरुद्ध टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा मुम्बईमा कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् ।

Hardik Pandya of Mumbai Indians celebrates the wicket of Shubman Gill of Gujarat Titans during match 9 of the Indian Premier League season 18 (IPL 2025) between Gujarat Titans and Mumbai Indians held at the Narendra Modi Stadium , Ahmedabad on the 29th March 2025.
Photo by Faheem Hussain / Sportzpics for IPL
सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन् । आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग चेपकमा पराजित भएको थियो ।
सन् २०२२ मा गुजराज आइपिएलमा सहभागी भएकै वर्ष हार्दिक पाण्ड्याको कप्तानीमा च्याम्पियन भएको थियो। हार्दिक अहिले मुम्बईको कप्तानी गरिरहेका छन् ।
हेड टु हेड
गुजरात र मुम्बईबीच हालसम्म ५ खेल भएको छ । जसमा ३ खेल गुजरातले जित्दा २ मा मुम्बई विजयी भएको छ । गुजरातले आफ्नो घरेलु मैदानमा १७ खेल खेलेको छ । जसमा ९ जित र ८ मा हार बेहोरेको छ ।
मुम्बईले गुजरातसँग नरेन्द्र मोदी क्रिकेट स्टेडियममा ३ खेल खेलकोमा सबैमा हार बेहोरेको छ ।