• २०८३ बैशाख २६ गते शनिवार

सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीद्वारा राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
चैत्र १६, सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिनुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज बिहान पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा मन्त्री चौधरीले गर्नुभएको हो ।
गैर कानुनी ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको श्रव्य सामग्री सार्वजनिक भएपछि नैतिकताका आधारमा उहाँले राजीनामा दिनुभएको हो ।
उहाँले पत्रकारमाझ भन्नुभयो, “म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु ।” नेपाली कांग्रेसका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उहाँ नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री हुनुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस