• २०८३ जेष्ठ ३ गते आइतवार

 चिनियाँ कम्पनिले पायो हजारको नोट छाप्ने ठेक्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १००० दरको ४३ करोड थान बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएको छ ।

नोट छपाईका लागि चाइना बैंक नोट प्रिन्टिंग एण्ड मिन्टिंग कर्पोरेसन, बेजिङले एक करोड ६९ लाख ८५ हजार डलरको करार सम्झौता भएको राष्ट्रबैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक खरिद (चौधौं संशोधन, २०८२) नियमावली, २०६४ को दफा १३७ तथा नोट छपाई तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ मिलाइएको रुपमा) को दफा ५४ को व्यवस्था बमोजिम सो ठेक्का सम्झौताको जानकारी दिएको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस