• २०८३ बैशाख ११ गते शुक्रवार

एक करोड ९१ लाखको लागतमा चिस्यान केन्द्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, तनहुँ ।  जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा एक करोड ९१ लाख ३२ हजार ७२२ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको छ ।

केन्द्र सफल परीक्षणपछि सञ्चालनमा आएको छ । तीन रोपनी क्षेत्रफलमा १३० मेट्रिक टन क्षमताको केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो ।

किसानका उत्पादन निःशुल्क भण्डारण गरिने तथा जोखिम नगरपालिकाले बेहोर्ने जनाइएको छ । नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि जिल्लाका किसानको वार्षिक रु पाँच करोड बचत भएको व्यास नगरका प्रमुख वैकुण्ठ न्यौपानेले राससलाई बताए।

Sharing

प्रतिक्रिया दिनुहोस