• २०८३ बैशाख ९ गते बुधवार

राष्ट्रपति पौडेल सङ्खुवासभामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ १२, सङ्खुवासभा। राष्ट्रपति रामचन्द्र पौडेल  मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन यहाँ आइपुग्नुभएको छ ।  विसं २००७ मा स्थापित सो विद्यालयले पूर्वी नेपालको शैक्षिक उन्ननयमा अतुलनीय योगदान पु¥याएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार मादी माध्यमिक विद्यालय सङ्खुवासभाको ७५औँ वार्षिकोत्सव तथा हीरक महोत्सव कार्यक्रम उद्घाटन गर्नुहुँदै । तस्बिरः सौजन्यः राष्ट्रपतिको सचिवालय/रासस

राष्ट्रपति  पौडेल यहाँ पुग्नुहुँदा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी लगायतले स्वागत गर्नुभएको थियो ।  राष्ट्रपति पौडेलले विद्यालय परिसरमा निर्मित ‘हीरक स्तम्भ’ र ‘सरस्वतीको मूर्ति’ अनावरण गर्ने कार्यक्रम छ ।विशेष समारोह अहिले पनि यहाँ जारी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस