• २०८३ जेष्ठ ७ गते बिहिवार

टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको पुरुषतर्फ आज भएका खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । पोखरा रङ्गशालाको भलिबल कोर्टमा भएको खेलमा गण्डकीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो ।

एपीएफले पहिलो सेट २५–२३ ले जीते पनि त्यसपछिका सेट गुमायो । गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले जित्यो ।

अर्काे खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा हरायो । आर्मीले पहिलो सेट २५–१३, तेस्रो सेट २५–१५ र चौथो सेट २५–२२ ले जित्यो । पुलिसले दोस्रो सेट २५–२१ ले जित्यो ।

अन्तिम अपडेट: माघ १५, २०८१
Disclaimer:

Sharing

प्रतिक्रिया दिनुहोस