• २०८३ बैशाख ८ गते मङ्गलवार

सेयर बजार दोहोरो अंकले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । निरन्तर तीन दिनसम्म कारोबार घटेको बजार साताको तेस्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको हो ।

सोमबार १०।६१ अंकले घटेको बजार मंगलबार २४।५० अंकले बढेको हो । जसअनुसार आज २६५७।७७ विन्दुमा पुगेर रोकिएको छ । आज १ करोड ९६ लाख कित्ता शेयर खरिद विक्री हुदाँ ९ अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये १७७ कम्पनीको शेयर बढेको छ भने ६० कम्पनीको शेयर घटेको छ । साथै, ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको ।

यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार आठ अर्ब ९२ करोडको शेयर कारोबार भएकोमा आज ९ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस